बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

महिला क्रिकेटमा बागमतीले मधेस प्रदेशलाई हरायो

आइतबार, ३० असोज २०७९, १७ : २४
आइतबार, ३० असोज २०७९

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मधेस प्रदेशले दिएको ५५ रनको लक्ष्य वागमती प्रदेशले १३ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

बागमतीको जितमा सुमन खतिवडाले अविजित १७ तथा अनिशा मजाकोटीले अविजित १६ रनको योगदान गरिन् । अस्मिता खरेलले १३ रन जोड्दा कञ्चन श्रेष्ठले ५ रन बनाइन् । मधेसका लागि सरस्वती चौधरी र कप्तान कविता गौतमले समान १÷१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मधेसले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ५४ रन बनाएको थियो । मधेसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । वागमतीले १९ रन अतिरिक्तका रुपमा खर्चियो । मधेसको इनिङलाई सस्तैमा समेट्ने क्रममा वागमतीका लागि विपिसा शाही,सोनी पाख्रीन र खुशी डंगोलले २÷२ विकेट लिए । 

समूह ए मा रहेको वागमती ४ खेलमा ६ अंकका साथ उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो । मधेस भने ४ खेलमा ४ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट पुलिस क्लब समूह विजेताका रुपमा सेमिफाइनल पुगिसकेको छ ।

सोमवार हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता नेपाल एपीएफ क्लब र समूह बी को उपविजेता लुम्बिनी प्रदेशबीच खेल हुनेछ । दोस्रो सेमिफाइनलमा समूह बी को विजेता नेपाल पुलिस र समूह ए को उपविजेता वागमती प्रदेशबीच खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप