एथलेटिक्सको पुरुष १० हजार मिटरमा दीपक अधिकारीको कीर्तिमानी
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष १० हजार मिटरमा आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित आइतवार स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा आइतबार भएको दौडमा दीपकले गोपीचन्द्र पार्कीको कीर्तिमानलाई उछिन्दै स्वर्ण पदक जितेका हुन् ।
उनले निर्धारित दूरी ३० मिनेट १० दशमलव ३० सेकेण्डमा पार गर्दै स्वर्ण जितेका हुन् । यसअघि गोपीको नाममा ३० मिनेट ३० दशमलव ९९ सेकेण्डको कीर्तिमान रहेको थियो । सोही प्रतिष्पर्धामा गोपीचन्द पार्कीले रजत पदकमा चित्त बुझाए । उनले निर्धारित दूरी ३० मिनेट ३८ दशमलव ३० सेकेण्डमा पूरा गरे । तेस्रो आर्मीकै गजेन्द्र राईले कास्य पदक हात पारे । उनले निर्धारित दूरी ३० मिनेट ४९ दशमलव ५० सेकेण्डमा पूरा गरेका थिए । उता महिलातर्फ १० हजार मिटरको महिला प्रतिष्पर्धामा भने वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक हात पारेकी थिइन् ।
एथलेटिक्सको ४ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लवकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । जयरानीले आफ्नै नामको कीर्तिमान सुधार गरेकी हुन् । जयरानीले यसअघि ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७ दशमलव २ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।
यस प्रतिष्पर्धामा एपीएफकी भागीरथीकुमारी थारुले १ मिनेट ०६.०६ सेकेण्डमा पूरा गर्दै रजत पदक निकाल्दा एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेण्डको समय निकाल्दै कास्य पदकमा चित्त बुझाइन् । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको पुरुष हाइजम्पमा त्रिभूवन आर्मी क्लबका सूर्यबहादुर खत्रीले स्वर्ण पदक जिते । सूर्यले १.९० मिटरको उचाई नाघेर स्वर्ण जितेका हुन् ।
यस्तै, वागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई नाघ्दै रजत तथा नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटर नै उचाई नाघेर कास्य जितेका छन् । यही इभेन्टमा आर्मीकी खगिता सिन्जाली मगरले आईतवार बिहानै स्वर्ण पदक जितेकी थिइन् । पोखरा रंगशालामा आईतवार भएको खेलमा १.५२ मिटर उचाई नाघेर स्वर्ण पदक जितेकी हुन् । यसै इभेन्टमा आर्मीकै बिन्दु थनेटले रजत र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कास्य पदक जिते । बिन्दुले १.५० तथा सीमाले १.४१ को उचाई नाघेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास