यस्तो छ प्रतिनिधिसभातर्फ समानुपातिक मतपत्रको वास्तविक नमुना
आइतबार, ३० असोज २०७९, १४ : ३७
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीको वास्तविक नमुना मतपत्र सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि आयोगमा दर्ता रहेका सबै राजनीतिक दलहरूको निर्वाचन चिह्न समेटेर आयोगले वास्तविक नमुना मतपत्र सार्वजनिक गरेको हो। सोहीअनुसार जिल्लाहरुमा मतपत्र छपाइ भएर जाने आयोगले जनाएको छ ।
मतपत्रको पहिलो लहरको पहिलो नम्बरमा एमालेको सूर्य चिह्न रहेको छ भने त्यसपछि कांग्रेसको रुख र तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा रहेको छ । यस्तै चौथोमा जसपाको छाता तथा पाँचौमा राप्रपाको हलो रहेको छ । संघमा समानुपातिकतर्फ ११ जना निर्वाचित हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकताबद्ध एनआरएनएका लागि नेतृत्व लिन तयार छु: आरके शर्मा
-
९ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ३२ प्रतिशत
-
‘शिक्षामन्त्रीको राजीनामाको निहुँमा ओलीमाथि आक्रमण गर्नु नियोजित’
-
प्लास्टिकलाई कसरी पुनः प्रयोगमा ल्याउने ?
-
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड
-
सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै