बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

युगान्डामा फेरि इबोलाको प्रकोप : दुई जिल्लामा लकडाउन

आइतबार, ३० असोज २०७९, १४ : २७
आइतबार, ३० असोज २०७९

इबोलाको प्रकोपपछि युगान्डाका दुई जिल्लामा तीन हप्ता लामो लकडाउन लागू गरिएको छ । मुबेन्डे र छिमेकी कासान्डामा बार, नाइटक्लब, प्रार्थना स्थल र मनोरञ्जनका स्थलहरु बन्द गरिनेछन् भने कर्फ्यू समेत लागू गरिने बताइएको छ ।

युगान्डाका राष्ट्रपति युवेरी मुसेभेनीले यसअघि लकडाउन लागू नगरिने बताउँदै आए पनि आफ्नो निर्णयबाट पछि हटेका छन् । पछिल्लो प्रकोपमा ५८ जना सङ्क्रमित हुनुका साथै १९ जनाको मृत्यु भइसकेको छ । यो सङ्ख्या अझै धेरै हुनसक्ने बताइएको छ । पछिल्लो पटकको प्रकोप सबैभन्दा पहिले राजधानी काम्पालाबाट ८० किलोमिटर टाढा रहेको मुबेन्डेमा देखिएको थियो । त्यही क्षेत्र यतिबेला प्रकोपको केन्द्रबिन्दु बनेको छ ।

यसअघि मुसेभेनीले इबेला कोभिड–१९ जस्तै हावाबाट नसर्ने बताउँदै यसका लागि लकडाउन आवश्यक नरहेको बताए पनि उनले दुई जिल्लामा २१ दिनका लागि लकडाउन घोषणा गरेका छन् । ‘यो संक्रमणलाई रोक्न अल्पकालीन व्यवस्था हो,’ टेलिभिजनमा गरिएको सम्बोधनमा उनले भने ।

उनले यसको नियन्त्रणका लागि सबैलाई सहयोग गर्न अपिल गरेका छन् । भाइरसको सङ्क्रमणको आशङ्का भएर पनि आइसोलेसनमा नबस्नेहरूलाई पक्राउ गर्न प्रहरीले निर्देशन दिइएको छ ।-बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप