जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झण्डा (तस्बिरहरु)
आइतबार, ३० असोज २०७९, २२ : ५०

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएका छन् । ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा ओढाएका हुन् ।
जोशीलाई श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री पम्फा भुसाल, नेता वामदेव गौतम, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायत पुगेका थिए । उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन
-
सुशासन र आर्थिक विकासका लागि माओवादीलाई मधेशी जनताले साथ दिनुपर्छ – प्रचण्ड
-
रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?