बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

रातो मासु स्वास्थ्यका लागि हानिकारक छ वा फाइदाजनक ? हटाउनुस् आफ्नो भ्रम

आइतबार, ३० असोज २०७९, १३ : ४८
आइतबार, ३० असोज २०७९

नेपालमा मांसाहारी बीच रातो मासु निकै लोकप्रिय छ र यो धेरैजसो मांसाहारी दैनिक खान्कीको हिस्सा पनि बनेको छ । यद्यपि, कतिले यसलाई स्वास्थ्यका लागि राम्रो मान्ने गरेका छन् भने धेरैले नराम्रो पनि भन्ने गरेका छन् । यसै कारण रातो मासुको शरीरमा पर्ने प्रभावको विषयमा धेरैजसो अनुसन्धान भइरहन्छन् । यो खबरमा पनि हामी तपाईंलाई यसले स्वास्थ्यमा पार्ने प्रभावमाथि भएको एक नयाँ अनुसन्धानको जानकारी दिनेछौँ जसले रातो मासुको विषयमा तपाईंको आशंका हट्नेछ ।

के हो रातो मासु ?

रातो मासु स्तनधारी प्रजातिको मासुलाई भन्ने गरिन्छ जसमा राँगा, सुँगुर, भेडा आदि समावेश हुन्छ । यसमा प्रोटिन, आइरन, जिंक, भिटामिन डी र ओमेगा–थ्री फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ जुन शरीरका लागि निकै महत्वपूर्ण छन्न । यसमा भारी मात्रामा फ्याट र कोलेस्ट्रोल पनि पाइन्छ जसले ब्लड सुगर, मुटु रोग, मोटोपना र विभिन्न प्रकारका रोगलाई निम्तो दिन्छ ।

अमेरिकाको एक अनुसन्धान टोलीले मानिसमाथि अनुसन्धान गरेर रातो मासुको विषयमा भिन्न–भिन्न आशंका हटाउने कोसिस गरेको छ ।

अनुसन्धानमा भेटियो यस्तो नतिजा

अमेरिकास्थित इस्टिच्युट फर हेल्थ मेट्रिक्स इभ्यालुएशनले त्यहाँका १८० इलाकाका मानिसमाथि भएको अनुसन्धानको विश्लेषण गरेर अनप्रोसेस्ड रातो मासुको बढी सेवनको स्ट्रोकसँग कुनै बलियो सम्बन्ध नपाइएको बताएको छ । यसको अर्थ यो हो कि यदि कुनै व्यक्तिले अनप्रोसेस्ड रातो मासु सधैँ खान्छ भने उसलाई स्ट्रोकको खतरा हुन्छ नै भन्ने हुँदैन ।

यो अनुसन्धान टोलीले धुम्रपान, रातो मासु र सागसब्जीबाट शरीरमा पर्ने भिन्न–भिन्न असरबारे अनुसन्धान गर्यो र यतिबेला प्राप्त नतिजालाई एकदेखि पाँचको रेटिङमा बाँडियो । यतिबेला समूहले धेरै मात्रामा अनप्रोसेस्ड रातो मासु खाँदा स्ट्रोकको खतरालाई एक स्टार दियो जसको अर्थ यो हो कि अनप्रोसेस्ड रातो मासुको स्ट्रोकसँग कुनै सम्बन्ध पाइएन ।

यस्तै, रातो मासु खाँदा पेटको क्यान्सर, स्तन क्यान्सर, मुटु रोग र हृदयघातको जोखिमलाई दुई स्टारको रेटिङ दिइयो ।

अनुसन्धानले स्पष्ट पार्यो, धुम्रपान स्वास्थ्यको दुश्मन

धुम्रपान र फोक्सोको क्यान्सर बीचको जोखिमलाई सबैभन्दा बढी पाँच रेटिङ दिइयो । यतिबेला उच्च रक्तचाप र मुटु रोगबीच पनि यही सम्बन्ध पाइयो । अनुसन्धानको टोलीले यो निष्कर्ष निकै ठोस् भएको र भविष्यमा यो परिवर्तन हुने सम्भावना नभएको स्पष्ट पारेको छ ।

यद्यपि, अनुसन्धानमा रातो मासुजस्ता थुप्रै खानपानका चिजले स्वास्थ्यमा पर्ने प्रभावले एक वा दुई रेटिङ मात्रै पायो जसको अर्थ यो हो कि यी चिजमार्फत् रोग बढ्ने खतरामा खास ठोस् प्रमाण भेटिएका छैनन् र यो मानिसहरुको आमा धारणाको विपरित छ ।

अनुसन्धान टोली पनि अचम्मित

आईएचएमईका निर्देशक तथा नेचर मेडिसिन जर्नलमा प्रकाशित थुप्रै ‘बर्डन अफ प्रुफ’ अध्ययनका वरिष्ठ लेखक क्रिस्टोफर मरेले भने, ‘निष्कर्ष हाम्रो सोचभन्दा भिन्न पाएर हामी ठूलै अचम्ममा पर्यौँ । आजकाल  जो पनि नयाँ–नयाँ अनुसन्धान भन्दै त्यसलाई सटिक मानेर अनुसरण गर्न थाल्छन्, भलै ती निष्कर्ष पूर्ण रुपमा ठोस् नहुन् ।’

तरकारीमा के निष्कर्ष पाइयो ?

यो अनुसन्धानमा अनुसन्धानकर्ताले धेरै तरकारी खाँदा स्वास्थ्यमा पार्ने असरको अनुसन्धानका लागि ३४ देशमा ४६ मानिसमाथि ५० अध्ययन गरे ।

आइएचएमईमा महामारी वैज्ञानिक तथा यो अनुसन्धानका सह–लेखक जेफरी स्टेनवेले भने, ‘हामीले अनुसन्धानमा मानिसको खान्कीमा सब्जीको मात्रा शून्यबाट बढाएर हप्तामा चार दिन गर्यो जसमा उनीहरुको मुटु रोगको जोखिममा २३ प्रतिशतको कमी आयो । यसलाई तीन स्टारको रेटिङ दिइएको छ । अनुसन्धानमा के पनि पाइयो भने बढीभन्दा बढी सागसब्जीको सेवनले पुराना रोगलाई काम गर्ने गर्छ । यद्यपि, सागसब्जी र टाइप टु मुधेमेह बीचको सम्बन्धलाई यो अनुसन्धानमा एउटा स्टार रेटिङ मात्रै दिइएको छ ।

जेफरी स्टेनवेले थपे, ‘सागसब्जीको सेवन पुरानो रोगको जोखिमलाई कम गर्नेसँग सम्बन्धित छ भन्ने कुरामा कुनै शंका छैन ।’

यस्तै, यो अनुसन्धानमा बेलायतको एस्टन युनिभर्सिटीका डायटिशियन डुएन मेलोरले पनि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भने, ‘रातो मासुको विषयमा गरिएको अनुसन्धानको नतिजा आश्चर्यजनक छैन किनभने यी अनप्रोसेस्ड मासुमा केन्द्रीत थिए । वास्तवमा प्रोसेस्ड थुप्रै रोगसँग सम्बन्धित छ जसबारे यो अनुसन्धानमा कुरा गरिएको छैन ।’

आइएचएमईले भनेको छ, ‘हामीलाई आशा छ कि नयाँ अनुसन्धानको नतिजाले मानिसहरु र नीति निर्माताको आशंकालाई हटाउन र उनीहरुलाई आफ्नो खानपानप्रति उत्कृष्ट तरिकाले मार्गदर्शन गर्ने काम गर्नेछ । ’

यो अनुसन्धान टोलीले यसबाहेक पनि अन्य खाद्य पदार्थ र रोग बीचको सम्बन्धको विषयमा विभिन्न प्रकारको मेडिकल अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप