नेपाल प्रहरी ६७ औं वर्षमा
नेपाल प्रहरी ६७ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । ६७ औं प्रहरी दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् । नेपाल प्रहरी २०१२ सालमा स्थापना भएको थियो । वर्षभरिमा उत्कृष्ट काम गरेका सकल दर्जालाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्दै आएको छ ।
यसपटक कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) मा प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी सुदिप गिरी उत्कृष्ट भएका छन् । डीआईजी गिरीलाई प्रहरी व्याटन प्रदान गर्न लागिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरी ब्याटनमा छनोट गर्नुअघि अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी नेतृत्वको कार्यदक्षता मूल्याङ्कन टिमले स्थलगत अनुगमन गरेको थियो । स्थलगत रुपमा अनुगमन गरेर प्रदेश र उपत्यका प्रहरी कार्यालयको बिचमा प्रतिस्पर्धा गराउँदा उत्कृष्ट हुने युनिटले प्रहरी व्याटन पाउँछन् । प्रतिस्पर्धामा प्रदेश–१ प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
प्रदेश प्रहरी कार्यालय, सो मातहतको जिल्ला, दंगा, गण, चौकी र ट्राफिक व्यवस्थापनबारे अनुगमन गर्दा डीआईजी गिरीको कमाण्ड कन्ट्रोल, अफिस व्यवस्थापन र अपराध अनुसन्धान उत्कृष्ट रहेको मूल्याङ्कन समितिको निष्कर्ष छ । समितिको सिफारिसका आधारमा गिरीले ब्याटन पाउन लागेका हुन् ।
प्रहरी दिवसको अवसरमा करिब २५ जना सकल दर्जालाई पुरस्कृत गरिने प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले रातोपाटीलाई बताए । उनले भने– ‘उत्कृष्ट काम गर्नेहरुलाई प्रहरी दिवसको असरमा पुरस्कृत गर्छौं ।’
डीएसपी घिमिरेलाई पूर्ण शान्ति
डीएसपी अनिल घिमिरेले पूर्ण शान्ति पुरस्कार पाउने भएका छन् । कुल ५० हजार राशि बराबरको सो पुरस्कार २५ हजार नगद र २५ हजार बराबरको मेडल दिने गरिन्छ । प्रहरी वृत कालिमाटीमा कार्यरत घिमिरेलाई पूर्ण शान्ति पुरस्कारका लागि छनोट गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
पूर्ण शान्ति पुरस्कार पूर्व आईजीपी पूर्णबहादुर खवास र उनकी पत्नी शान्तीदेवी खवासले स्थापना गरेका हुन् । विशेष ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्का सर्वोत्कृष्ट अनुसन्धानकर्ता ठहरिएका छन् । प्रहरी दिवसको अवसरमा उनलाई उनलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गर्न लागिएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनिका इन्चार्ज रुगम कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत गर्न लागिएको छ । डीएसपी कुँवरले झापामा एकजना भारतीय नागरिकको हत्या भएको घटनामा संलग्न आरोपीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास