बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

इरानको ‘बदनाम’ जेलमा आगलागीपछि गोलीबारी र विस्फोट

आइतबार, ३० असोज २०७९, १२ : १०
आइतबार, ३० असोज २०७९

राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकलाई राख्ने इरानको कुख्यात एभिन जेलमा आगलागी भएको छ । अनलाइन शेयर गरिएको भिडियोमा तेहरानको यो जेलमा आगो र धुवाँ देख्न सकिन्छ र बन्दुकको गोली र विस्फोटको आवाज सुन्न सकिन्छ ।

इरानको सरकारी सञ्चारमाध्यमले एक अधिकारीलाई उद्धृत गर्दै स्थिति नियन्त्रणमा रहेको बताएको छ तर भिडियोमा आगो अझै देख्न सकिन्छ । यस कारागारमा राजनीतिक बन्दी पनि छन् । उल्लेखनीय कुरा के छ भने इरानमा केही सातादेखि सरकार विरोधी प्रदर्शन भइरहेका छन् ।

गत महिना २२ वर्षीया कुर्दिश इरानी महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि विरोध प्रदर्शन सुरु भएको थियो । अधिकारीहरूले उनको हृदयघातका कारण मृत्यु भएको बताए पनि मोरल प्रहरीले उनको ज्यान लिएको भन्दै परिवारले सो कुरा मानेनन् ।

बीबीसी फारसीका राणा रहिमपुरले जेलमा भएको घटनाको हालैको विरोध प्रदर्शनसँग कुनै सम्बन्ध छ कि छैन भन्ने अहिलेसम्म थाहा नभएको बताएका छन् ।

तर, उनले आन्दोलनका क्रममा हिरासतमा परेका सयौं प्रदर्शनकारीलाई यही जेलमा राखिएको पनि उनले बताए । यता सरकारी मिडियाले एक अधिकारीलाई उद्धृत गर्दै दुईवटा घटनाबीच कुनै पनि सम्बन्ध नभएको बताएको छ ।

उनले यसका लागि ‘आपराधिक तत्व’ लाई दोष दिए ।

बीबीसी फारसीका अनुसार अर्को एउटा भिडियोमा जेलको बाहिरी भागबाट गोली हानिएको देख्न सकिन्छ र त्यसपछि एक विस्फोटको आवाज सुन्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप