पिपुल्स हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

पिपुल्स हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन । कम्पनीले भदौ ३१ गतेदेखि असोज ३० गतेसम्म आयोजना प्रभावित स्थानीयबासीका लागि जारी पुँजीको १० प्रतिशत सेयर जारी गरेको थियो । सोही आईपीओको अन्तिम मिति आज सकिँदैछ ।
कम्पनीले गत भदौ ३१ गते स्थानीय प्रभावित लमजुङ जिल्ला बासीहरुलाई कुल जारी पुँजीको १० प्रतिशत अर्थात ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका वडा नं. ६ र ७ का स्थानीय बासिन्दाहरूका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ ।
यस्तै, लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरूलाई ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता छुट्याइएको छ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिगम्बर झासहित ८ जना दोषी ठहर, अरुलाई सफाइ
-
१० बजे १० समाचार : बालेनको जवाफी पत्र, कुलमान हटाउन ४ बुँदे थमाइयो
-
बिहेकै कारण भएको हो त तमन्ना विजयको ब्रेक–अप ?
-
हवाई आक्रमणको डरमा छन् ट्रम्प, बनाउँदैछन् आइरन डोमको ढाँचामा गोल्डेन डोम
-
ट्रम्पको धम्कीले पनि गरेन काम, हमासद्वारा चेतावनी ठाडै अस्वीकार
-
मध्यप्रदेशको कोइलाखानीमा भवनको छत खस्दा तीन मजदुरको मृत्यु