सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आइतबार, ३० असोज २०७९, ०९ : १५
आइतबार, ३० असोज २०७९

सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज असोज ३० गते अन्तिम दिन हो । लगानीकर्ताले आज आइतबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।

सान्जेनले भदौ ५ गतेदेखि १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।
 
यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् ।
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप