शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आइतबार, ३० असोज २०७९, ०७ : २३
आइतबार, ३० असोज २०७९

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नंको भ्यानको ठक्करबाट मे ६ प १३९२ नंको मोटरसाइकलमा सवार झापा, शिवसताक्षी नगरपालिका–९ बस्ने दिप्सन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते राईको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले दुर्घटनामा संलग्न भ्यान र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप