बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा एकैदिन एक हजार चार सय बढी चालकमाथि कारबाही

आइतबार, ३० असोज २०७९, ०७ : १२
आइतबार, ३० असोज २०७९

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ । यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् ।

काठमाडौँ उपत्यकामा शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने एक सय ५५, अनावश्यक हर्न बजाउने पाँच र ठूलो आवाज निकाल्ने दुई  मोटरसाइकलका चालकलाई कारबाहीमा गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सात सय ८८ चालक पनि कारबाहीमा परेका प्रहरीले जानकारी दिएको छ । स्पष्ट रूपमा नम्बर नदेखिने र मापदण्डअनुसार नम्बरप्लेट नराख्ने सवारीसाधनको जाँच अभियानलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान थालेको छ ।

नम्बरप्लेट स्पष्ट नराखी सवारीसाधन चलाउँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसारको कसुर हुनुका साथै सवारी दुर्घटनाको अनुसन्धानमा समस्या हुने प्रहरीले जनाएको छ । कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्ट रूपमा देखिने र बुझिने गरी मापदण्डअनुसारको नम्बरप्लेट बनाएर सवारीसाधनको अगाडि र पछाडि राख्न अनुरोध गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप