मनोनयन दर्ता गरेसँगै तेह्रथुमका उम्मेदवार चुनावी अभियानमा
मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरू चुनावी अभियानमा जुट्न थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न तेह्रथुममा रहेका दलहरु एजेन्डासहित गाउँगाउँ पुग्न थालेका छन् ।
जिल्लामा रहेका सत्ता गठबन्धन दल, एमाले, लिम्बुवान, जनमोर्चा र स्वतन्त्र पार्टी लगायतका उम्मेदवार कार्यकर्ता भेटघाटमा व्यस्त हुन थालेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्ला नेतृत्वसहित गठबन्धन दल तथा एमालेले चुनावी अभियानलाई तीव्रता दिएका हुन् ।
प्रतिनिधिसभामा कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ उम्मेदवार बन्नुभएको छ । निर्वाचन क्षेत्र (क) मा कांग्रेसका सन्तोष सुब्बा र (ख) मा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईँ उम्मेदवार रहेका छन् । एमालेबाट प्रतिनिधिसभामा एमाले निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष विजय सुब्बा, निर्वाचन क्षेत्र (क) मा किशोरचन्द्र दुलाल र (ख) मा तेजमान कन्दङवाको उम्मेदवारी रहेको छ ।
कांग्रेस केन्द्रीय सदस्य गुरुङले तेह्रथुमलाई विकास र समृद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताए । एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार सुब्बाले आफ्नो उम्मेदवारी जिल्लालाई विकास निर्माणमा नुमना जिल्ला बनाउनका लागि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन