२१ हजारभन्दा बढी श्रीलङ्काली बाढीको चपेटामा
शनिबार, २९ असोज २०७९, १७ : ५०
बाढीको चपेटामा परेर दक्षिण एशियाली राष्ट्रहरूमा ठूलो जनधनको क्षति भइरहेका खबर सार्वजनिक भइरहेका बेला श्रीलङ्कामा आज दुई जनाले ज्यान गुमाएका, पाँच हजार दुई सय १२ परिवारका २१ हजार आठ सय ८८ जना पीडित भएका केन्द्रीय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बाढीबाट देशका विभिन्न ११ जिल्लामा एक सय २० घरमा क्षति भएको छ । हम्बनटोटा, गाले, टिङ्कोमाली, किलीनोच्ची, गाम्पाहा, राजधानी कोलम्बो, पुट्टलम र क्याण्डी अधिक प्रभावित भएका छन् । दुई सय ६४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
मौसम विज्ञान विभागका अधिकारीहरूले आगामी दिनमा पनि दक्षिण एशियाली देशमा वर्षा हुने जानकारी दिँदै सचेत रहन सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल