आक्रमणको धम्कीपछि राजकुमारी दरबार फिर्ता
अध्ययनको क्रममा एम्सटर्डमको एक भवनमा बसेकी हल्याण्डकी राजकुमारी क्याथरिना अमालिया त्यहाँ असुरक्षित महसुस गरेपछि राजप्रासादमा सरेकी छन् । स्वीडेनको राजकीय भ्रमणमा रहेका राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले द नेदरल्याण्डस्का सञ्चारमाध्यमलाई राजकुमारी दरबार फर्केको बताएका हुन् ।
‘उनको यो निर्णयले उनको जीवनको लागि ठूलो महत्व राख्दछ, अब उनी एम्स्टर्डममा बस्दिनन् र वास्तवमा बाहिर जान सक्दिनन्,’ रानी म्याक्सिमाले छोरीको निर्णयको सराहना तथा उनीप्रति गर्व गर्दै भनिन् । राजा विलेम–अलेक्जेन्डरले आफ्नी छोरीको अवस्थालाई ‘अति कठिन’ भनेका छन् ।
यसै वर्षको ग्रीष्मयाममा १८ वर्षीया राजकुमारी अध्ययन गर्न एम्स्टर्डमको एक आवासीय भवनमा सरेकी थिइन् । गत महिना डे टेलिग्राफ अखबारले राजकुमारीको सुरक्षाका निम्ति उल्लेखनीय रूपमा काम गरिएको समाचार प्रकाशन गरेको थियो । राजकुमारीमाथि सङ्गठित आपराधिक गिरोहबाट आक्रमण वा अपहरणको जोखिम बढेको थियो ।
राजकुमारीमाथि आक्रमणको धम्कीपछि देशको सुरक्षा निकायले उनको सुरक्षा सुनिश्चित गर्न अहोरात्र कडा मेहनत गरिरहेको न्याय एवम् सुरक्षामन्त्री डिलन येसिलगोजले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा आजदेअि प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट
-
परम्परागत सिप हस्तान्तरण गर्न ५० जना महिलालाई ढकिया बुन्ने तालिम
-
अमेरिकाको लस एन्जेलसमा भिषण आगलागी, दुईको मृत्यु, कयौँ घाइते
-
१२ बजे, १२ समाचार : ऋषिकेष पत्नी अन्जला अदालत उपस्थित भएकै दिन १० लाख बुझाएर रिहादेखि दुर्गा प्रसाईं समर्थकले उद्योगीलाई धम्काएको आरोपसम्म
-
कक्षा ९ देखि १० को पाठ्यक्रम समसामयिक बनाउन निर्देशन
-
भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी