दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट, ३ जनाको मृत्यु
शनिबार, २९ असोज २०७९, १३ : ३८
पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा शुक्रबार साँझ एउटा गाडीमा बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।
मस्तुङ जिल्लाका डेपुटी कमिश्नर सुल्तान बुग्तीले जिल्लाको काबु क्षेत्रमा स्थानीय आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको सञ्चारमाध्यमलाई बताएका छन् । अघिल्लो दिन अज्ञात बन्दुकधारीले गोली हानेर मारिएका व्यक्तिको शव सार्न जाने क्रममा गाडीमा आक्रमण भएको थियो । सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई अस्पताल ल्याएका थिए।
उक्त बम सडकको छेउमा राखिएको र रिमोट कन्ट्रोल यन्त्रबाट विस्फोट गराइएको अधिकारीले बताएका छन् । अहिलेसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको जिम्मा लिएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको बजेट कार्यान्वयन : १८ अर्ब पुँजीगत बजेटमध्ये पाँच महिनामा बल्ल एक अर्ब खर्च
-
राप्रपाद्वारा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य–सचिवमा आचार्य मनोनीत
-
आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?
-
सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित
-
अमेरिकामा ट्रम्पले जन्मसिद्ध नागरिकता खारेज गरिछाड्ने
-
बर्दिबास मेडिकल कलेजः जग्गाप्राप्ति अनिश्चित