सभ्यताको कथा बोकेको ‘यात्री’ उपन्यास विमोचित
काठमाडौं – उपन्यासकार जेवी दर्लामीद्वारा लिखित ‘यात्री’ आज एक समारोहकाबीच मण्डला थिएटरमा विमोचन गरियो । कवि श्यामल, पत्रकार बसन्त बस्नेत, निबन्धकार कुमारी लामा र समिक्षक रुपक अलङ्कारले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
पुस्तकमाथि बोल्दै कवि श्यामलले भने, ‘नेपाली साहित्यले गम्भिर विषयमा घोत्लिने उपन्यासकार पाएको छ । किताबको प्रवाहमयता लोभलाग्दो छ र विषय पनि नौलो खालको छ । यहाँदेखि त्यहाँ मंगोलियसम्मको जुन भौगोलिक यात्रा गर्नुभएको छ, त्यसमा गरेको ‘डकुमेन्टसन’ र ‘काल्पनिकी’ सजिव छ,’ आम किताबभन्दा फरक स्वाद लिएर आएको कुरामा जोड दिँदै उनले थपे, ‘यो किताब उद्देश्यको खोजीमा होइन, गन्तव्यको खोजीमा हिँडेको रुमानी सभ्यताको चित्रण छ ।
मूल, पहिचान, रुटको आदिकालदेखि हालसम्मको व्याख्या गरिएको गैह्रआख्यान कृतिजस्तो लाग्छ । यसले मंगोलजाति र प्रकृतिबीचको कति गहिरो सम्बन्ध भन्ने देखाएको छ । स्थानान्तर हुँदै गर्दा परिवतैन हुने संस्कृति र नामको व्याख्या छ ।
पुस्तकमाथि बोल्दै पत्रकार वसन्त बस्नेतले भने, ‘उपन्यासले एउटा आध्यात्मिक यात्राको परिकल्पना गरेको छ । यसको आकर्षक पक्ष भनेको यात्रीहरु छुट्दै जान्छन् । यसमा ‘पहिचानको राजनीति’लाई परस्पर सहअस्तित्वको दावीसँग जोडिएको छ । पृथक जातीय राज्यको परिकल्पनाविरुद्ध बगेको किताबले त्यसको वैठानको बीचको मध्यविन्दु खोजेको छ ।’ उनले भने, ‘किताबले भन्छ – प्रेम त सबैलाई गर्नुपर्छ, आफ्नै नश्ललाई मात्र किन ? बरु यसो भनौ न हामी भन्दा भिन्न रुपरङ्गका मानिस अनि तिनका परम्परा र संस्कृतिलाई बुझ्ने मौका पाइन्छ ।’
पुस्तकमाथि बोल्दै कुमारी लामाले भनिन्, ‘यस किताबमा बाह्य मात्र होइन, आन्तरिक मनोवैज्ञानिक यात्रा छ । किताबमा विभिन्न ठाउँमा दार्शनिक बसह छ । एउटा ग्रन्थको कथाका माध्यमबाट अहिलेको समयलाई हेर्न सकिन्छ । यो इस्यु वेस्ड पुस्तक नभए पनि यसले माइग्रेसको कुरा उठाउँछ जहाँ तिब्बतीहरुको पीडाको चित्रण छ । यो किताब आइडेन्टिटी क्राइसिसमा परेका विस्थापितहरुको पीडाको खोजी हो । जातीय द्वन्द्वको हिसाबले समुदायको संस्कृति नै खोतालिएको छ ।’
पुस्तकमाथि बोल्दै रुपक अलङ्कारले भने, ‘मलाई यो उपन्यासको विषयले सबैभन्दा बढी छोएको हो । यस उपन्यासभित्रको यात्री प्राचीन वंश खोज्दै हिँडेको छ । आज यात्री यात्रा गर्दै कष्टपूर्णरुपमा मंगोलिया पुगेको छ । मान्छेले कृषिकर्म पनि गर्न नथाली उनका पूर्खा या कविलाको कथा वर्णन छ, जुन कठिन यात्राकै रुपमा आएको छ । यसमा समाज विकासको चरणमा देखा परेको आर्य सभ्यता र मंगोल सभ्यताको कथा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडिरहेको विमान र हेलिकोप्टर ठोक्किएर दुर्घटना : १८ शव भेटियो
-
चर्चामा रहेको ‘टू–टायर टेस्ट’ के हो ?
-
राष्ट्रियता, जनजीविका र महँगीबारे विपक्षीले संसदमा सशक्त आवाज उठाउने
-
चाडपर्वले सामाजिक सदभाव बढाएका छन् : पूर्वप्रधानमन्त्री देउवा
-
सरकार योजनाबद्ध ढङ्गबाट चल्नुको सट्टा जे आइपर्छ त्यही गर्ने मानसिकतामा देखियो : सभामुख
-
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो