कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकोप्टरबाट राहत सामग्री वितरण
बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि बाढी पीडितलाई राहत दिन सकस भएको छ । बाढी पहिरोबाट प्रभावित घर परिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत सामग्री वितरण गरको छ । जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहात वितरण गरेको हो ।
सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुर्याएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको हेलिकोप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहात पुर्याएको हो ।
यस्तै, नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिका सुन्दरीमा चाईनिजपाल ४ वटा, कम्वल ४० वटा र डिटोल सावुन एक कार्टुन वितरण गरिएको छ । सिंजा गाउँपालिकामा त्रिपाल २५ वटा, कम्बल २५ वटा, प्लाष्टिक पाल २५ वटा पुर्याएको छ । हिमा गाउँपालिकामा कम्बल २५, त्रिपाल २५ र डिटोल सावुन १ कार्टुन एक प्याकेट रहेको छ ।
त्यस्तै, २७ असोजमा हिमा गाउँपालिकामा ६० वटा त्रिपाल, कम्वल एक सयवटा टेण्टपाल एक सय वटा, डिटोल सावुन एक कार्टुन पुर्याइएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले अनुसार शुक्रबार पनि हिमा र सिंजामा हेलिकोप्टरले राहात पुरयाएको छ । उनले भने,कर्णाली प्रदेश सरकारको सहयोगमा खाद्यन्न ल्याइएको छ ।
त्यस्तै, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले निरन्तरको पर्यासले प्रदेश सरकारको सहयोगमा तत्काल हिमाका ७ वटा वडाहरु मध्य ४,५,६ र ७ को लागि हिजो २५ गते कालिकाखेत्तुमा रअसोज २८ गते शुक्रबार १,२ र ३ वडाहरुको लागि देवारगाउँ टापुमा हेलिकप्टर द्वारा राहतका सामग्री उपलब्ध भएको बताए ।
गत असोज १९ देखि २५ गतेसम्म परेको अविरल वर्षाले हिमा गाउँपालिकामा ३ सय ८६ घर पुर्ण क्षति भएको गाउँपालिकाले जानकारी दिएको छ । यसैगरी सिंजा गाउँपालिकामा ५१ घर क्षति भएको गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिए ।
त्यस्तै, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले पहिरोले ८ जनाको मानवीय क्षति भएको र घरको क्षति कति भयो भन्ने तथ्यांक संकलन भईरहेको बताए ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना