शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मनसुनको सय दिन : १ सय ७ जनाको मृत्यु,  सबैभन्दा बढी चट्याङबाट

शुक्रबार, २८ असोज २०७९, २१ : ३७
शुक्रबार, २८ असोज २०७९

नेपालमा मनसुन सुरु भएको यही भदौ २७ गते एक सय दिन पुरा भएको छ । यस अवधिमा बाढी, पहिरो, अविरल वर्षा, चट्याङ र सर्पदंशका ५१२ वटा घटनाबाट १०७ जनाको मृत्यु, ११ जना बेपत्ता, १९३ जना घाइते भएका छन् । त्यस्तै ६४३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी चट्याङबाट ४६ जनाको मृत्यु भएको छ भने १३० जना घाइते भएका छन् । त्यसैगरी पहिरोको कारण २७ जनाको मृत्यु र ३४ जना घाइते भएका छन् । बाढीमा परेर अहिलेसम्म १४ जनाको मृत्यु, १७ जना घाइते र ११ जना बेपत्ता छन् । भारी वर्षाका कारण ५ जनाको मृत्यु, १० जना घाइते भएका छन् भने सर्पदंशबाट १५ जनाको मृत्यु र २ जना घाइते भएका छन् ।

१०० दिनमा ४९ जिल्लाले मानवीय क्षति बेहोरेको छ । यसबीचमा ५ हजार ४ सय ६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप