आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

शुक्रबार, २८ असोज २०७९, २१ : ३६
शुक्रबार, २८ असोज २०७९

जिल्ला अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो मदिरा सेवन गरी अस्पताल पसेका महाकाली नगरपालिका-५ का ३० वर्षीय प्रेमसिंह धामीले चिकित्सकमाथि दुर्व्यवहार गरेका थिए ।

उनलाई चिकिक्सकमाथि दुर्व्यवहार गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला अस्पतालमा कार्यरत डा। जफर अन्सारीमाथि दुर्व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेशबहादुर शाहीले बताए । ती युवक मदिरा सेवन गरी दिउँसो अस्पताल पसेको हुनाले डाक्टर अन्सारीले मदिरा सेवन गरेर अस्पतालमा नआउन आग्रह गर्दा दुर्व्यवहार गरेको पाइएको प्रहरीले जनाएको छ । न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप