बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई हेमोडायलाइसीस मेसिन हस्तान्तरण

शुक्रबार, २८ असोज २०७९, २१ : ०७
शुक्रबार, २८ असोज २०७९

सिद्धार्थ बैंक लिमिटेडले शुक्रबार विराटनगरस्थित कोशी अस्पताललाई तीन थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य नरेन्द्र कुमार अग्रवालले सो मेसिन कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्री लक्ष्मी नारायण यादवलाई हस्तान्तरण गरेका हुन् ।

उक्त हेमोडायलाइसीस मेसिन कोशी अस्पतालले अस्पतालमा आउने बिरामीहरूको उपचारका लागि प्रयोग गर्नेछ । बैंकले पुर्‍याएको सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप