सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नवौँ राष्ट्रिय खेलकुदमा नेपाल प्रहरीका ४ सय ९५ खेलाडीहरू सहभागी

शुक्रबार, २८ असोज २०७९, २० : ५१
शुक्रबार, २८ असोज २०७९

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा २९ खेलमा नेपाल प्रहरीका ४ सय ९५ जना खेलाडीहरू सहभागी रहेका छन् । 

पोखरास्थित रंगशालामा शुक्रबार आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुनले नवौँ राष्ट्रिय खेलकुद-२०७९ को औपचारिक रूपमा उद्घाटन गरेका छन् ।  उक्त खेलकुदमा नेपाल प्रहरीको तर्फबाट १९८ महिला खेलाडी र २९७ पुरुष खेलाडी गरी ४ सय ९५ जना खेलाडी र ९२ जना अफिसियल गरी कूल ५ सय ८७ जना खेलाडी तथा अफिसियलहरूको सहभागिता रहेको छ ।

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत विभिन्न प्राविधिक कारणले पुरुष क्रिकेट खेल २०७९ भदौ २३ गतेदेखि ३१ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा सञ्चालन भई नेपाल प्रहरीले पहिलो स्वर्ण पदक प्राप्त गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप