सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

प्रभु क्यापिटलद्वारा धितोपत्र बजारबारे प्रशिक्षण

शुक्रबार, २८ असोज २०७९, २० : २२
शुक्रबार, २८ असोज २०७९

विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा काठमाडौँ जिल्ला अदालत बार एशोसिएशनको समन्वयमा जिल्ला अदालत बार एसोसिएसनको कार्यसमिति तथा अन्य सदस्य अधिवक्ताहरूलाई १ दिने तालिम कार्यक्रम काठमाडौँमा सम्पन्न गरेको छ । 

धितोपत्र बजारमा लगानी गर्दा हुने जोखिम व्यवस्थापनको विषय तथा धितोपत्र बजारमा संलग्न विभिन्न पक्षले पालना गर्नुपर्ने नीतिनियम प्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले यो कार्यक्रमको आयोजना गरेको हो । यो विश्व लगानीकर्ता सप्‍ताह इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटीज कमिसनको आव्हानमा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरमा शेयर लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ । 

प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा विज्ञ प्रशिक्षकको रूपमा धितोपत्र बोर्डका कानुनी विभागका एक्टिङ्ग डाइरेक्टर राजाराम दुवालले प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप