मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश पुरुष ह्याण्डबलको फाइनलमा

शुक्रबार, २८ असोज २०७९, १९ : ४५
शुक्रबार, २८ असोज २०७९

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले पुरुष ह्याण्डबलको फाइनलमा स्थान बनाएको छ । चन्द्र थापाको सर्वाधिक १८ गोलको प्रेरणामा गण्डकीले लुम्बिनीलाई ५४–२१ गोलअन्तरले हराउँदै फाइनल पुगेको हो । 

गण्डकीले स्वर्ण पदक भिडन्तका लागि शनिवार विभागीय टोली आर्मीको चुनौती सामना गर्नेछ । शुक्रवारको अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी एपिएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा एपिएफका सन्दीप कार्कीले सर्वाधिक सात गोल गरेपनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । शनिवार नै एपिएफ र लुम्बिनीबीच तेस्रो स्थानका लागि प्रतिष्पर्धा हुनेछ ।  

महिला ह्याण्डबलमा दुई विभागीय टोली आर्मी र एपिएफ फाइनल पुगेका छन् । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपिएफले प्रदेश–१ लाई २९–६ ले हराउँदै फाइनल पुगेको हो । एपिएफकी उमा राईले सर्वाधिक ७ गोल गरिन् । महिलातर्फको दोस्रो खेलमा विभागीय आर्मीले घरेलु गण्डकीलाई २४–९ ले हराउँदै फाइनलमा स्थान बनाएको छ । आर्मीकी कल्पना ओलीले सर्वाधिक सात गोल गरिन् । आर्मी र सशस्त्रबीच शनिवार दिउँसो २ बजे फाइनल खेल हुनेछ । त्यसअघि, गण्डकी र प्रदेश–१ बीच तेस्रो स्थानका लागि बिहान १० बजे खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप