मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नागरिक उन्मुक्ति पार्टीका दुई जनालाई कारबाही

शुक्रबार, २८ असोज २०७९, १९ : १०
शुक्रबार, २८ असोज २०७९

नागरिक उन्मुक्ति पार्टीले दुई जनालाई कारबाही गरेको छ । पार्टीमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएको भन्दै पार्टीले दुई जनालाई कारबाही गरेको हो ।

पार्टीले विद्रोह गरेर मंसिर ४ गते हुने आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका दुई जनालाई कारबाही गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै कैलाली–१ प्रदेश निर्वाचन क्षेत्र (क) का उम्मेदवार सन्तोष कठरिया र प्रदेश (ख) का उम्मेदवार गणेश चौधरीलाई कारबाही गरिएको बताएकी छन् ।

कठरिया नागरिक उन्मुक्ति पार्टीका कर्णाली प्रदेश सह–संयोजक हुन् भने चौधरी स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट वडा नं. १ का वडाध्यक्षका उम्मेदवार लक्ष्मण चौधरीका छोरा हुन् । ‘नागरिक उन्मुक्ति पार्टीको विरुद्ध गतिविधि गरेको देखिएकोले पार्टीको विधान २०७८, भाग २ धारा ९ को (घ) बमोजिम निज सन्तोष कठरिया र गणेश चौधरीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको व्यहोरा सबैलाई जानकारी गराइन्छ’ अध्यक्ष श्रेष्ठले जारी विज्ञप्तिमा भनिएको छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप