शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सञ्चारमाध्यममा आचारसंहिता पालनाको अनुगमनबारे आयोगले काउन्सिललाई लेखी पठाउने

शुक्रबार, २८ असोज २०७९, १८ : ३८
शुक्रबार, २८ असोज २०७९

निर्वाचन आयोगले मंसिर ४ गते हुने आम निर्वाचनमा नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए/नभएको बारे नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय गरेको हो ।

सञ्चारमाध्यमको अनुगमनको  क्षेत्राधिकार काउन्सिलभित्र पर्ने भएकोले सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए/नभएको नियमित अनुगमन गर्नेबारे सो निर्णय गरेको हो । 

नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक (धारा १९), सूचनाको हक (धारा २७), अभिव्यक्ति स्वतन्त्रता, आमसंचारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै यस्तो निर्णय गरेको आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप