शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बेगनास तालमा ढुंगा दुर्घटना : एक जना बेपत्ता, एकको उद्धार

शुक्रबार, २८ असोज २०७९, १८ : २९
शुक्रबार, २८ असोज २०७९

पोखराको बेगनास तालमा शुक्रवार ढुंगा दुर्घटना भएको छ । दिउँसो सवा ३ बजे बेगनास तालमा घुम्न पुगेका श्रीमान्÷श्रीमती दुर्घटनामा परेका हुन् । 

ढुंगा दुर्घटनामा श्रीमतीको उद्धार गरिएको छ भने श्रीमान् बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । बेपत्ता हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी लालबहादुर गुरुङ छन् । दुर्घटना लगत्तै स्थानीयले श्रीमतीलाई उद्धार गरेको र गुरुङ बेपत्ता रहेको डिएसपी तिवारीले बताए ।

‘उहाँको खोजी कार्य भइरहेको छ । बेगनास ताल घुम्न जानुभएको उहाँहरूको ढुंगा एक्कासि पल्टिएको स्थानीयहरूले बताउनुभएको छ । अहिले स्थानीयको सहयोगमा श्रीमतीलाई उद्धार गरिएको छ,’ तिवारीले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप