मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगले सञ्चालनमा ल्यायो कल सेन्टर

शुक्रबार, २८ असोज २०७९, १७ : ५६
शुक्रबार, २८ असोज २०७९

निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि सो कल सेन्टरको शुभारम्भ गरिएको हो । कल सेन्टरबाट सेवा लिनका लागि निःशुल्क ११०२ टोल फ्रि नम्बरको पनि व्यवस्था गरिएको छ । शुक्रबार आयोगको कार्यालय कान्तिपथमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई–बुलेटिन सेवाको उद्घाटन गर्दै त्यसबाट भरपूर लाभ लिनका लागि सबैलाई आग्रह गरे ।

त्यस अवसरमा उनले आयोग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा केन्द्रित रहेको जानकारी समेत दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने– ‘यसबाट भरपूर सेवा लिनका निमित्त सबैप्रति म हार्दिक आग्रह गर्दछु । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने काममा आयोग केन्द्रित रहेको जानकारी पनि गराउन चाहन्छु ।’

कल सेन्टरमा निर्वाचनसम्बन्धी सबै जिज्ञासाहरू सम्बोधन हुनेगरी आवश्यक जनशक्तिको पनि व्यवस्थापन गरिएको निर्वाचन आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप