मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

शुक्रबार, २८ असोज २०७९, १७ : ४९
शुक्रबार, २८ असोज २०७९

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ ।  ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत उनको स्वास्थ्यावस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको हो । जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको अस्पतालका प्रमुख असिम पाठकले जानकारी दिए । १०३ वर्षीय जोशीलाई (आईसीयू) बाट जनरल वार्डमा सारिएको थियो ।

अहिले फेरि स्वास्थ्यमा समस्या आएपछि बिहीबार आईसीयूमा सारिएको जोशीले बताए । जोशीको मुटुको चालमा घटबढ हुनुका साथै छातीमा निमोनिया संक्रमण भएको उनले जानकारी दिए । निमोनियाको औषधि चलाए पनि शरीरले रेस्पोन्स नगरेको पाठकको भनाई छ । स्वास्थ्य अवस्था नाजुक बनेपछि जोशीले बोल्न र खान छाडेका छन् । उनको शरीरमा अक्सिजनको मात्रा घट्दै गएको छ । शताब्दी पुरुष जोशी असोज ७ गते इमर्जेन्सीमा भर्ना भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप