शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा तथा प्रदेशसभा प्रत्यक्ष तर्फको मतपत्र छपाई सुरु

शुक्रबार, २८ असोज २०७९, १७ : २३
शुक्रबार, २८ असोज २०७९

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम सुरु भएको छ । भक्तपुरको सानोठिमी स्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा नेपाली सेनाको सुरक्षा घेराका बीच मतपत्र छपाई सुरु गरिएको हो । 

आगामी निर्वाचनका लागि ५०३ प्रकारको मतपत्र छपाई भइरहेको आयोगका सहप्रवक्ता ऋषिराम भुसालले रातोपाटीलाई जानकारी दिए । निर्वाचन क्षेत्रगत रुपमा छपाई गर्नुपर्ने भएकोले मतपत्रको प्रकार बढेको हो ।  प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४९५ प्रकारको मतपत्र, प्रदेश सभातर्फ फरक–फरक ७ प्रकारको मतपत्र छपाई भइरहेको छ । यस्तै समानुपातिक तर्फ ८ प्रकारको मतपत्र छपाई गरिएको उनले बताए । 

प्रत्यक्ष तर्फको मतपत्र झन्डै १ महिनाभित्र प्रकाशन गरिसक्ने आयोगको तयारी छ । आयोगले समानुपातिक प्रणाली तर्फको झन्डै २ करोड हाराहारीको मतपत्र छपाई गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप