शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सवारी साधनको नम्बर प्लेट मापदण्डअनुसार नराखे कारबाही

शुक्रबार, २८ असोज २०७९, १७ : ०७
शुक्रबार, २८ असोज २०७९

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनको नम्बर प्लेट मापदण्डअनुसार राख्न आग्रह गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची २ को भाग १ साधारण नम्बर प्लेट द्रष्टव्य ३, र भाग २ इम्बोस्ड सवारी नम्बर प्लेटको हकमा द्रष्टव्य ५, अनुसारको नम्बर प्लेट राख्न अनुरोध गरेको हो । 

स्पष्ट देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडी र पछाडी नराखेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही हुने कार्यालयले चेतावनी समेत दिएको छ । यस्तै ठुलो आवाज निकाल्दै दुईपांग्रे सवारी साधन चलाएको पाइएमा ट्राफिक प्रहरीले आवश्यक कारबाही गर्ने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप