प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएकी कांग्रेस नेतृ रायमाझीले गरिन् उम्मेदवारी फिर्ताको घोषणा
![प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएकी कांग्रेस नेतृ रायमाझीले गरिन् उम्मेदवारी फिर्ताको घोषणा](https://rpcdn.ratopati.com/media/albums/niru1_mcazFquWuT.jpg)
प्रदेशसभातर्फ बारा क्षेत्र नम्बर ४ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएकी नारायणी रायमाझी (निरु) ले उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै कानुनी रुपमा आफ्नो उम्मेदवारी कायम रहे पनि नैतिक रुपमा उम्मेदवारी फिर्ता लिएको जनाएकी हुन् ।
उनले आसन्न निर्वाचनमा आफूले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने पनि प्रस्ट पारिन् । नेपाली कांग्रेसले प्रतिगमनलाई परास्त गर्न बनाएको वाम लोकतान्त्रिक गठबन्धनमा देशभरमै भएको सिट बाँडफाँट गर्ने क्रममा लामो समयदेखि पार्टीभित्र क्रियाशील आफूले टिकट नपाउँदा दुःख लागेको तर पार्टीका सभापतिसहित वाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता र शुभेच्छुकले गरेको आग्रहअनुसार उम्मेदवारी फिर्ता लिएको उनले जनाइन् ।
‘मप्रति बाराका जनताले देखाउनु भएको स्नेह, साथ र सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै बारा क्षेत्र नम्बर ४ मा संघ र प्रदेशसभा सदस्यतर्फका वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन लागिपर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु,’ उनले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?