आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस बैठकमा घोषणापत्रको ड्राफ्टमाथि छलफल

शुक्रबार, २८ असोज २०७९, २३ : १०
शुक्रबार, २८ असोज २०७९

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा मंसिरको चुनावका लागि कार्यदलले तयार पारेको घोषणापत्रको ड्राफ्ट पेश भएर छलफल भइरहेको छ ।  महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा गठित कार्यदलले पेश गरेको घोषणापत्रको ड्राफ्टमा नेताहरुले सुझाव दिइरहेको एक नेताले जानकारी दिए । 

‘सबैले सुझाब दिने काम भइरहेको छ । यो सुझाव ड्राफ्ट कमिटीले टिपेको छ र त्यसलाई समेटेर समितिले पुनः बनाउनेछ’, ती नेताले भने, ‘घोषणापत्रमा प्रयोग भएका शव्दहरु सामान्य खालका राख्न सुझाव दिएका छौं ।’ 

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नेताहरुले  संविधानको रक्षा र नेपाली जनताको सुरक्षा, आर्थिक विकास र समुन्नत नेपाल निर्माण, सीमान्तकृत समुदायको आयको सुनिश्चितता, सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभुति, समान पहिचान र प्रतिनिधित्वको व्यवस्था, युवाहरूलाई आकर्षण हुने खालको घोषणापत्र बनाउन सुझाव दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप