महिला क्रिकेट : पुलिस र लुम्बिनी सेमिफाइनलमा
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट खेलको समूह ‘बी’ मा लुम्बिनी प्रदेशमाथि ९७ रनको जित निकाल्दै नेपाल पुलिस क्लब विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । पुलिससँग पराजित बाबजुद लुम्बिनीले उपविजेताको रूपमा अन्तिम चारमा स्थान बनाएको हो ।
पहिलोपटक राष्ट्रिय खेलकुदमा सहभागी भएको पुलिस यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको थियो । शीर्ष स्थानको पुलिसको तीन खेलमा ६ अंक छ भने दोस्रो स्थानको लुम्बिनीको तीन खेलमा तीन अंक छ । तेस्रो स्थानको प्रदेश एकको दुई खेलमा एक अंक छ भने चौथो स्थानको कर्णालीले अंक खाता खोल्न सकेको छैन ।
शुक्रबार पोखरा क्रिकेट रंगशालामा पुलिसले प्रस्तुत गरेको एक सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२.५ ओभरमा मात्र १५ रनमा सीमित भयो । लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । पुलिसकी ईश्वरी विष्टले चार विकेट लिइन् । यस्तै, हिरनमई रोय र कप्तान रुबिना क्षेत्रीले समान दुई तथा सबनम राईले एक विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङमा आएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १२ रनको योगफल तयार पार्यो । पुलिसका लागि कविता जोशीले अविजित ४८ रनको योगदान गरिन् । उनले २९ बलमा ७ चौका र एक छक्का प्रहार गरिन् । यस्तै, सम्झना खड्काले २९ रन र अप्सरी वेगम १० रनको योगदान गरे । लुम्बिनीको बलिङमा सुस्मिता भुसाल र मनिसा रानाले समान दुई विकेट लिए ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’