फेन्सिङ : आर्मी टिम च्याम्पियन
शुक्रबार, २८ असोज २०७९, १४ : ३९

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङको पुरुष टिम इभेन्ट (इपी)मा विभागीय टिम त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।
पोखरास्थित ब्याडमिन्टन हलमा सम्पन्न फाइनलमा विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ४५(२८ ले पराजित गरेसँगै आर्मी पाँच स्वर्णसहित टिम च्याम्पियन बनेको छ ।
योसँगै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङ समापन भएको छ । कुल १२ स्वर्ण पदकमध्ये आर्मीले पाँच, बागमती प्रदेशले चार, एपिएफले दुई तथा सुदूरपश्चिम प्रदेशले एक स्वर्ण पदक जितेका छन् । नवौं राष्ट्रिय खेलकुदको उद्घाटन भने आज हुँदैछ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
-
बुधबार सुनको मूल्य बढ्यो
-
आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
-
दोस्रो उपाधिको खोजीमा रहेका गुजरात र राजस्थान आपसमा भिड्दै
-
अमेरिका–चीनबिच ट्यारिफ तनावले एसियाली शेयर बजारमा गयो पहिरो
-
वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै