सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

त्रिशूली जलविद्युतको आइपिओमा १३ करोड ६६ लाख संकलन

शुक्रबार, २८ असोज २०७९, १४ : ३१
शुक्रबार, २८ असोज २०७९

त्रिशूली जलविद्युत कम्पनीको आइपीओको बाँकी रकम शुक्रबार सम्म ६६ हजार ५८० जनाले चुक्ता गरेका छन् । शुक्रबार बिहानसम्म ६६ हजार ५८० जनाले १५ लाख ७० हजार ९६५ कित्ता सेयरका लागि १३ करोड ६६ लाख ७३ हजार ९५५ रुपैयाँ चुक्ता गरेका छन् ।

त्रिशूलीले ४ असोजदेखि आफ्ना सेयरधनीहरूलाई चुक्ता हुन बाँकी रकम जम्मा गर्न आग्रह गरेको हो । त्रिशूलीको आइपीओ ७ चैत ०७५ चैतमा खुलेको थियो । त्यसबेला कम्पनीले जारी पुँजी दुई अर्ब ४७ करोड रुपैयाँको १५५ अर्थात् ३७ करोड पाँच लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त सेयरमा अंकित मूल्यको १०५ का दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरूलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँ भुक्तानी गर्न भनेको हो । 
 
कम्पनीले सेयरधनीहरूलाई १७ कात्तिकसम्ममा सो रकम भुक्तानी गर्न आग्रह गरेको छ । ९० रुपैयाँमध्ये सेयरधनीहरूले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ । रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज प्राप्त हुने भएकाले ८७ रुपैयाँ बुझाए हुने कम्पनीले जनाएको छ । आयोजनाको सेयर १४ चैत ०७५  बाँडफाँट भएको थियो । सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत उक्त रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप