थापाथलीमा पनि चल्यो महानगरको डोजर (तस्बिरहरु)
शुक्रबार, २८ असोज २०७९, १४ : ३०
![थापाथलीमा पनि चल्यो महानगरको डोजर (तस्बिरहरु)](https://rpcdn.ratopati.com/media/albums/thapathali-dozer_5_xWbSis8klD.jpg)
काठमाडौं महानगरपालिकाले राजधानीको थापाथली क्षेत्रमा अनाधिकृत रुपमा निर्माण गरिएका संरचनामाथि डोजर चलाएको छ । महानगरपालिकाले शुक्रबार थापाथलीदेखि युएन पार्क नजिकको पुलसम्मका अनाधिकृत संरचना भत्काएको हो ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि युएन पार्कको पुल आउने क्षेत्र (सुकुम्बासी बस्ती नजिकै) सम्मका अवैध संरचना भत्काइएको महानगरपालिका निकट स्रोतले जानकारी दिएको छ ।