मधेस प्रदेशमा कांग्रेसका मन्त्री बर्खास्त
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई मन्त्रिमण्डलबाट हटाएका छन् । संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि जसपा नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतले कांग्रेसबाट सरकारमा मन्त्री रहेका तीन जनालाई हटाएको नेता मनिष सुमनले रातोपाटीलाई जानकारी दिए ।
मुख्यमन्त्री राउतले पनि काँग्रेसबाट सरकारमा रहेका यी तीन जना मन्त्रीसँग राजीनामा माग गरेका थिए । तर उनीहरूले राजीनामा दिन अस्वीकार गरेपछि गरेपछि मुख्यमन्त्री राउतले उनीहरूलाई बर्खास्त गरेका हुन् । कांग्रेसबाट मन्त्री हुनेमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्मा रहेका छन् ।
माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई भने हालसम्म राजीनामा दिन भनिएको छैन । उनीहरु आफै राजीनामा दिएर गए भने जसपाले नरोक्ने स्रोतको दाबी छ । मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका राज्यमन्त्रीसहित दुई र नेकपा एकीकृत समाजवादीका राज्यमन्त्रीसहित दुई मन्त्री सहभागी छन् । माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुवी कर्ण र नेकपा एसको तर्फबाट उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादव छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने गएराति नै पुगे चितवन
-
बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
कोटिहोम गर्न नदिने पोखरा महानगरको घोषणा
-
त्रिकोणात्मक महिला टी-२० शृङ्खला : आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा
-
सरकारमा प्रभावकारी काम गर्ने ल्याकत र इच्छाशक्ति देखिएन : राजकिशोर यादव
-
‘कन्टेम्पोरी प्यालेट’ : कलाको अर्कै दुनियाँमा पुग्ने चेष्टा