शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईंको किशोर बच्चा मनलाग्दी व्यवहार गरिरहेको छ ? यसरी सम्झाउनुहोस्

शुक्रबार, २८ असोज २०७९, १२ : ४९
शुक्रबार, २८ असोज २०७९

हामी सबैले बाल्यकालदेखि बुढेसकालसम्म धेरै चरणहरू पार गर्नुपर्ने हुन्छ । पहिले बाल्यकाल, किशोरावस्था, युवावस्था र बुढ्यौली जस्ता कालखण्डहरू पार गर्नुपर्छ । बच्चा हुर्कदै जाँदा किशोरावस्थामा पुग्छ । किशोरावस्था भनेको शरीरमा धेरै हार्मोनल परिवर्तन हुने उमेर हो । हर्मोन परिवर्तनको प्रभाव उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा प्रष्ट देखिन्छ । यस्तो अवस्थामा किशोरकिशोरीहरू प्राय : बढी रिसाउँछन्, यो उमेरमा उनीहरू सबै कुरा आफूअनुसार गर्न चाहन्छन् । त्यसैले अभिभावकलाई लाग्छ कि बच्चाहरु आफ्नै मनमानी चलिरहेका छन् र उनीहरु जिद्दी बनिरहेका छन् । किशोरावस्थामा केही साना परिवर्तनहरू देख्नु सामान्य भए तापनि, यदि तपाईंको बच्चा अत्यधिक रिसाउने वा जिद्दी भइरहेको छ भने, तपाईंले यसलाई केही सुझावहरूद्वारा ह्यान्डल गर्न सक्नुहुन्छ ।

१. सामान खरिद गर्दा उनीहरूको सल्लाह लिनुहोस्

धेरै पटक, किशोर–किशोरीहरु विभिन्न प्रकारका वस्तुहरूको सूची दिएर हरेक माग पूरा गर्न जोड दिन्छन् । यस्तोमा उनीहरुको हरेक माग तपाईंले पूरा गर्नुपर्छ भन्ने छैन । यनि तपाईंको बच्चाले केही अस्वस्थकर खानेकुरा खान जिद्दी गरिरहेको छ भने यसले स्वास्थ्यलाई पुर्याउने हानीबारे बुझाउनुहोस् । यसका साथै, यदि उनीहरुले खानपिनका सामान वा केही अन्य चिज मागिरहेका छन् भने सामान किन्ने बेला उनीहरुको सल्लाह लिनुहोस् । यस्तो गर्दा बच्चाहरुलाई राम्रो महसुस हुनेछ र उनीहरुले हरेक चिज पूरा गर्न जिद्दी गर्ने छैनन् ।

२. अतिरिक्त क्रियाकलापमा बच्चाहरूलाई संलग्न गर्नुहोस्

किशोरावस्था यस्तो उमेर हो जसमा स–सानो कुरामा रिस उठ्न सक्छ । यस्तो अवस्थामा उनीहरुको रिसलाई शान्त पार्नु तपाईंका लागि अति आवश्यक हुन्छ । यसबाहेक हरेक बच्चाले रिस उठ्दा मनोमानी ढंगले काम गर्छन्, त्यसैले यसबाट बच्नको लागि तपाईंले बच्चाहरूलाई अतिरिक्त क्रियाकलापमा संलग्न गर्नुपर्छ । यसले बालबालिकाको वृद्धिमा पनि सुधार ल्याउनेछ । यदि बच्चाहरू रिसाउँछन् भने, उनीहरुसँग नरिसाउनुहोस् । यस्तो अवस्थामा बच्चाहरूसँग शान्त तरिकाले कुराकानी गर्नुपर्छ । तपाईं आफ्नो बच्चालाई रिस शान्त गर्न, उनीहरुको ध्यान राम्रो कुरामा केन्द्रीत गर्न र उनीहरुलाई राम्रो काम गर्न सल्लाह दिन सक्नुहुन्छ ।

३. गल्ती स्वीकार्न सिकाउनुहोस्

किशोरावस्थामा बच्चाहरु अक्सर गल्ती गर्छन् । गल्ती गर्दा आमाबुवाले छोराछोरीलाई गाली पनि गर्ने गर्छन् । तर तपाईंले यो उमेरमा बालबालिकालाई गाली गर्न वा पिट्नबाट जोगिनुपर्छ । बरु तपाईंले बच्चाहरूलाई गल्ती स्वीकार गर्न सिकाउनु पर्छ । यस्तो अवस्थामा तपाईंले बालबालिकालाई गल्तीका कारण पाइने सजायबारे अवगत गराउन सक्नुहुन्छ । उनीहरुलाई गल्ती हुँदा माफी माग्न पनि सिकाउनुहोस् । यदि बच्चा गल्ती गर्दा माफी माग्छन् भने उनीहरुलाई माफी पनि दिनुपर्छ ।

किशोरावस्थामा बालबालिकाको व्यवहारमा परिवर्तन आउनु सामान्य कुरा हो । तर यदि बच्चा धेरै जिद्दी बन्दै गएको छ भने, तपाईंले उनीहरुलाई मायाले बुझाउनु पर्छ । यदि बच्चा रिसाएको छ वा बच्चाले मनोमानी व्यवहार गरिरहेको छ भने पनि उनीहरूसँग कहिल्यै रिसाउनु हुँदैन । बरु तपाईंले आफ्नो किशोर बच्चाहरूलाई माया र समझदारीले राम्रो कुरा सिकाउन आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप