ब्राजिलमा कोभिडको उपचारका क्रममा चार हजार पाँच सय स्वास्थ्यकर्मीको निधन

ब्राजिलमा कोभिड १९ विरुद्धको संघर्षका क्रममा कम्तीमा पनि चार हजार पाँच सय जनाको ज्यान गएको छ । जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो ।
सो संस्थाले गरेको अनुसन्धानबाट ब्राजिलमा कोभिड १९ को उपचारमा खटेका स्वास्थ्यकर्मीमा चार हजार पाँच सय जनाको ज्यान गएको पाइएको हो । पब्लिक सर्भिस इन्टरनेशनल (पिएसआइ) ले गरेको एक विश्वव्यापी अनुसन्धानमा ब्राजिलमा मात्र चिकित्सक, नर्स र कोभिडको उपचारमा खटेका अन्य स्वास्थ्यकर्मीहरूमा चार हजार पाँच सयको ज्यान गएको पाइएको हो ।
ती स्वास्थ्यकर्मीहरुको सन् २०२० को डिसेम्बेरदेखि सन् २०२१ मा गरेर ज्यान गएको हो । यो समय ब्राजिलमा कोभिड १९ को एक उच्च तहमा महामारी पुगेको समय हो । यसरी ज्यान जानेमा एक हजार एक सय ८४ जना नर्स रहेका छन् । उनीहरु ब्राजिलमा कोभिड १९ महामारी उच्च बिन्दु पुगेका बेला कार्यरत रहेका थिए ।
ब्राजिल कोभिड १९ बाट संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी मानिसहरुको निधन भएको देश हो । यहाँ छ लाख ८७ हजारजनाभन्दा बढीको ज्यान गएको छ । कोभिडबाट सबैभन्दा बढी संक्रमित भएका देश भारत र अमेरिका हुन् । तर कोभिडबाट भएको मृत्यु दर अमेरिका र ब्राजिलका तुलनामा भारतमा भने कम छ ।
पिएसआइले विश्वका एक सय ५४ देशका करिब तीन करोड स्वास्थ्यकर्मीमा यो अनुसन्धान गरेको जनाएको छ । यसका लागि सो संस्थाले स्वास्थ्यसम्बन्धी विश्वका सात सय जति ट्रेड युनियन संस्थाहरु पनि जम्मा पारेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी
-
लुम्बिनी प्रदेश : वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी
-
स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छ्यौट
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो
-
सेन्साइ ब्राण्डको खरिदमा बाइक जित्ने अवसर