आठ संवैधानिक आयोगहरूले संयुक्त रुपमा चुनावको अनुगमन गर्ने

आठ अधिकारमुखी संवैधानिक आयोगहरूले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संयुक्त रुपमा अनुगमन तथा मुल्यांकन गर्ने भएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, महिला आयोग, थारु आयोग, समावेशी आयोग, मुस्लिम आयोग तथा दलित आयोगका अध्यक्षहरूको बैठकले निर्वाचनको अनुगमनको लागि सबै आयोगले एउटा संयुक्त संयन्त्र बनाएर निर्वाचन को अनुगमन गर्ने तथा सोको मुल्यांकन गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेका छन् ।
निर्वाचनको बेला संवैधानिक आयोगहरूको भूमिका महत्वपूर्ण हुने भएकोले नागरिकको स्वतन्त्रता, मौलिक अधिकार, मानवाधिकार लगायतको विषयहरुमा गम्भीर भएर साझा संयन्त्र बनाइ अनुगमन गर्ने निर्णय भएको हो ।
सो बैठकमा मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले अहिलेको निर्वाचनमा मधेशी महिला, मधेशी दलित लगायतको उपस्थिति न्यून भएकोले समानुपातिक समावेशीतामाथि नै प्रश्न उठेको बताए । बैठकले समानुपातिक समावेशीतालाई राजनीतिक दलहरुले गम्भीर रुपमा नलिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तालिम नलिए पनि अध्यापन अनुमति पत्र स्थायी रूपान्तरण गर्न सकिने
-
अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक
-
कोशी प्रदेश लगानी सम्मेलन : संघीय सरकारलाई उछिन्ने गरी लगानी प्रतिबद्धता हुने दाबी
-
उल्टो बाटोमा जसपा नेपाल : महाधिवेशनपछि पालिका, जिल्ला र प्रदेशको अधिवेशन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मकवानपुर गुडिरहेको कारमा आगलागी