सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

दसैँ र तिहार बिदा मनाउन आएका पर्यटकले लमजुङका होमस्टे भरिए

शुक्रबार, २८ असोज २०७९, १० : २२
शुक्रबार, २८ असोज २०७९

लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दसैँमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दशैं मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । दसैँ र तिहार विदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन ।

सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला दसैँ र तिहार विदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ । विदा मनाउनका लागि समूह समूह बनेर आउने क्रम जारी छ, काउलेपानी पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष देबबहादुर गुरुङले भने, ‘गाउँका सवै होमस्टे घरहरु पर्यटकले भरिएका छन् ।’ उनका अनुसार होमस्टेमा दशै मनाउनका लागि ५०-६० जना आन्तरिक पर्यटक आएका छन ।

पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरुको व्यस्तता पनि बढ्न थालेको होमस्टे सञ्चालक कबिन्द्र गुरुङले बताए । “कुनै घरपनि खाली छैन हामीलाई भ्याई नभ्याई भएको छ, उनले भने, ‘राती बास बस्न नपाउनेहरू विहान मात्रै आएका छन । सुखी गाउँ घले गाउँमा पनि डेढ सय भन्दा बढि पर्यटक घलेगाउँ आएको घलेगाउँ पर्यटन व्यावस्थापन समितिका अध्यक्ष प्रेम बहादुर घलेले बताए । उनले भने दशै र तिहार विदा मनाउन आएका पर्यटकले होमस्टे प्याक भएको छ ।

होमस्टे, प्राकृतिक दृश्यावलोकनका लागि पर्यटकीय गाउँहरुमा पर्यटकको ओइरो लागेको हो । घलेगाउँ, काउलेपानी सहित राइनासकोट होमस्टेमा पनि पर्यटक भरिएका छन् । घलेगाउँ, काउलेपानी ,राइनासकोट होमस्टे मात्र हैन बेंसीशहरको खासुर, खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेनमा पर्यटकको ओइरो लागेको स्थानीयले बताएका छन् ।

गाउँमा पर्यटकको चाप बढेर भ्याई नभ्याई भएपनि गाउँलेहरु भने खुशी भएका छन् । पर्यटकीय गाउँहरुमा कृषिसँगै पर्यटन नै मुख्य पेशा रहेको छ । पर्यटकहरुको स्वागत सत्कार गरेरनै स्थानीयले मनग्य आम्दानी गर्ने गरेका छन् ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप