शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरुले मानसिक यातना दिएको भन्दै सुर्खेतका व्यवसायीद्वारा बजार बन्द

शुक्रबार, २८ असोज २०७९, ०८ : ४०
शुक्रबार, २८ असोज २०७९

सुर्खेतका व्यवसायीहरुले बैंकहरुले मनपरी तरिकाले बैंकको ब्याज बढाएको भन्दै व बजार बन्द गरेका छन् । बैंकको मनपरीतन्त्रले निजी क्षेत्र धरासायी बन्दै गएको उनीहरुको भनाई छ । 

निजी क्षेत्रले बजार बन्द गर्ने निर्णयसँगै शुक्रबार बिहानैदेखि प्रदेश राजधानी वीरेन्द्रनगर सुनसान छ ।  सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बैंकले ऋण लगानीको ब्याज महिनै पिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौं शुल्क लिएर थप आर्थिक भार थाप्ने काम गरिरहेको बताए ।

साथै उनले ब्याज किस्ताका लागि तारन्तार मानसिक दवाव दिने कार्यक्रम सिंगो निज क्षेत्र नै हतोत्साही भएको बताए । संयुक्त व्यवसायी संघर्ष समितिले बैंकविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका छन् । 

सोही अनुसार शुक्रबार बैंकहरुले जबरजस्ती रुपमा बढाएको ब्याज दर र ब्याज किस्ताका लागि दिएको मानसिक यातनाका विरुद्ध सुर्खेत बन्द गरेका छन् । 

यस्तै असोज महिनाभित्र मसान्तभित्र बैंकहरुलाई बुझाउनुपर्ने भनिएको त्रैमासिक आय किस्ता वापतको रकम नर्तिन सम्पुर्ण, व्यापारी, व्यवसायी एवं सर्वसाधारण सेवाग्राही समेतलाई अपिल गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप