प्रत्यक्षतर्फ ४९५ प्रकारका मतपत्र
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ४ सय ९५ प्रकारका मतपत्र प्रयोग हुने भएको छ । आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ फरकफरक मतपत्र रहने बताएको हो । ती मतपत्रको छपाइ बिहीबारबाट सुरु भएको छ ।
आयोगकाअनुसार प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रमा १ सय ६५ प्रकारकै मतपत्र प्रयोग हुनेछ ।
यसैगरी, ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३ सय ३० प्रकारकै मतपत्र प्रयोग हुनेछ । प्रतिनिधि र प्रदेशसभामा गरी २÷२ करोड गरेर कुल ४ करोड मतपत्र आवश्यक पर्ने आयोगले बताउँदै आएको छ । सो संख्याको १० प्रतिशत मतपत्र जगेडा छपाइ हुनेछ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा फरकफरक, प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा फरक मतपत्र प्रयोग हुने जानकारी दिए ।
‘१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ सय ६५ प्रकार र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ३ सय ३० प्रकारका गरी ४ सय ९५ प्रकारका मतपत्रको प्रयोग हुन्छ, ती मतपत्रको छपाइ बिहीबारबाटै सुरु भयो,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकामा खानेपानीका पाइपलाइन मर्मत गरिँदै
-
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
-
बक्यौता नतिर्ने उद्योगका सञ्चालकहरूको घरमा लाइन काट्ने प्राधिकरणको तयारी
-
‘आवश्यकता र हित हेरेर मात्रै बीआरआई कार्यान्वयन गर्नुपर्छ’
-
कुलमानलाई रोक्न नियमन आयोगले दिएको निर्देशनले सरकारलाई ४० करोड घाटा
-
अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु हो : मन्त्री भण्डारी