शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

शुक्रबार, २८ असोज २०७९, ०६ : १२
शुक्रबार, २८ असोज २०७९

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ । 

बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ । 

कांग्रेस कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ जना छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप