देशभरको मौसममा सुधार, भारी वर्षाको सम्भावना छैन
शुक्रबार, २८ असोज २०७९, ०६ : ०४
हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती प्रदेश १ का एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा १ खर्ब ४० अर्ब कर्जा प्रवाह
-
श्रममन्त्रीको पुतला दहनपछि आक्रामक बन्दै आईटी आर्मीको आन्दोलन
-
एचके मडरर्सलाई राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि
-
पेरिस २०२४ प्यारालिम्पिकमा भीमबहादुरले खेल्ने
-
पत्रकारप्रति मनाङेको टिप्पणी– यत्तिको इज्जत त ज्वाइँलाई पनि गरेको थिएनौ
-
एभरेस्ट बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने