झुट फैलाएको आरोपमा टक–शो प्रस्तोतालाई झण्डै एक अर्ब डलरको क्षतिपूर्ति तिर्न आदेश

अमेरिकाको एक अदालतले टक–शो प्रस्तोता एलेक्स जोन्सलाई कुल ९६.५ करोड डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । आफ्नो टक –शोहरुमा उग्र दक्षिणपन्थी विचार प्रवर्द्धन गर्ने जोन्सले अब सन् २०१२ ‘स्यान्डी हुक इलिमेन्टरी स्कुल’मा भएको गोलाबारीमा मारिएका बालबालिकाको आठ परिवार र थप एक व्यक्तिलाई उक्त रकम तिर्नुपर्नेछ ।
कनेक्टिकटका जुरीहरूले बुधबार यस्तो निर्णय सुनाएको थियो । लामो समय चलेको अदालती प्रक्रियामा जोन्सले फैलाएका झुटले पारेको गम्भीर क्षति उजागर गरेको थियो । पछिल्लो निर्णयले जोन्सको ‘इन्फोवार्स मिडिया’ साम्राज्यलाई गम्भीर क्षति पुर्याउने विश्लेषण गरिदैछ । ती सञ्जालहरूमार्फत एलेक्सले तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसको पालादेखि कयौँ षडयन्त्र सिद्धान्तहरू प्रवर्द्धन गर्दै आएका थिए ।
एलेक्सविरुद्ध स्यान्डी हुक गोलाबारीका पीडित परिवारहरू सन् २०१८ को सुरुदेखि न्यायिक प्रक्रियामा गएका थिए । तिनले जोन्स र इन्फोवारको मातृ संस्था फ्रि स्पीच सिस्टम्सविरुद्ध मुद्दा हालेपछि यो लामो अदालती कारबाही सुरु भएको थियो ।
सन् २०१२ मा स्यान्डी हुक इलिमेन्टरी स्कुलमा भएको गोलाबारीमा २६ जना मारिएका थिए । तर जोन्सले भने उक्त सामूहिक गोलाबारी नाटक मात्र भएको खासमा घटना हुँदै नभएको भन्दै विभिन्न सोहरू सञ्चालन गरेका थिए । मुद्दा चलिरहँदा पीडित परिवारका सदस्यहरूले एलेक्सले प्रचार गरेका झुटका कारणले उनीहरूले कयौँबाट व्यङ्ग्य, अवहेलना भोग्नु परेको र त्यसबाट प्रियजनहरू गुमाउनुको पीडालाई थप बढेको भनिरहे ।
फैसला हुँदा जोन्स अदालतमा थिएनन्, उनी त्यस समय लाइभ स्ट्रिम गर्दै थिए । अदालतमा जुरीले निर्णय पढिरहँदा उनी इन्फोवार्स शोमा ती निर्णयको खिल्ली उडाइरहेका थिए । साथै त्यही समय उनले समर्थकहरूसँग रकम सहयोगको लागि आह्वान पनि गरेको सुनिएको थियो ।
जोन्सले निर्णयविरुद्ध अपिल गर्ने बताएका छन् । उनले अघिल्लो बुधवारको प्रसारणमा आफूसँग जुरीले तोकेको विशाल क्षतिपूर्ति तिर्ने रकम नभएको बताएका थिए । गत अगस्टमा, टेक्ससमा स्यान्डी हुक गोलाबारीमा आफन्त गमाएका अन्य दुई अभिभावकले अलग रूपमा हालेको मुद्दामा फैसला गर्ने क्रममा जुरीले एलेक्सलाई ४.९ करोड डलरको क्षतिपूर्ति तिर्न आदेश दिएका थिए । –सीएनन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय