शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

प्रेमी अजयसँग विवाह गर्दै अभिनेत्री रिस्ता

बिहीबार, २७ असोज २०७९, २२ : ०८
बिहीबार, २७ असोज २०७९

अभिनेत्री रिस्ता बस्नेतले विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी अजय सिंह ठकुरीसँग विवाह गर्न लागेकी हुन् । 

विवाहको मिति तय नभए पनि यसै वर्ष विवाह हुने सम्भावना रहेको बताइन्छ । रिस्ता एक वर्षदेखि अमेरिकामा बस्दै आएका अजय सिंह ठकुरीको प्रेममा छिन् । बुधवार फिल्म ‘हिजो आजका कुरा’ को प्रिमियर पनि उनी प्रेमी ठकुरीको साथमै पुगेकी थिइन् । यो जोडी यसअघि पनि दुई वटा फिल्मको प्रिमियरमा सहभागी भइसकेको रहेछ । पटक पटक मिडियाबाट प्रेम सम्बन्ध लुकाउन सफल उनीहरू यो पटक भने असफल भए । उनले अजयसँगको प्रेम सम्बन्ध स्वीकार गर्दै चाँडै विवाह बन्धनमा बाँधिन लागेको समेत बताइन् ।

कार्यक्रममा उनले अजयको धैर्य गर्न सक्ने क्षमता अत्यन्त राम्रो लाग्ने बताउँदा, अजयले भने रिस्ताको बोली, बानी व्यवहार र आँखा मनपर्ने बताए । फिल्म ‘होस्टेल’ बाट अभिनय करिअर सुरु गरेकी रिस्ताले थुप्रै फिल्म अभिनय गरेकी छन् । तर उनको फिल्मी करियर त्यति सफल हुन सकिरहेको छैन । त्यसैले विवाहपछि उनी पनि अमेरिका जाने योजनामा छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप