शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् १६५ निर्वाचन क्षेत्रका उम्मेदवार (विश्लेषणसहित)

बिहीबार, २७ असोज २०७९, २१ : ४५
बिहीबार, २७ असोज २०७९

आज मिति २०७९ साल असोज महिनाको २७ गते बिहीबार । आज रातोपाटीले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका उम्मेदवारबारे विस्तृत समाचार प्रकाशित गरेको छ । १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको सामान्य विश्लेषणसहित रातोपाटीले प्रकाशित गरेको सामग्रीलाई कम्पाइलसहित आजको ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

प्रदेश १ मा ४३७ उम्मेदवार

प्रदेश नम्बर १ मा कुल ४३७ उम्मेदवार रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाताको अन्तिम सूचीअनुसार ३९८ जना पुरुष उम्मेदवार रहेका छन् भने बाँकी महिला उम्म्ेदवार रहेका छन् । प्रदेश १ मा कुल २८ निर्वाचन क्षेत्र रहेका छन् । यो प्रदेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका हेभिवेट उम्मेदवार रहेका छन् ।

प्रदेश १ को विश्लेषण

कुल ३२ निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशमा ५९१ जना उम्मेदवार रहेका छन् । जसमध्ये ५२७ जना पुरुष उम्मेदवार रहेका छन् भने बाँकी महिला रहेका छन् । मधेस प्रदेशमा स्वतन्त्र उम्मेदवारको संख्या पनि उल्लेख्य रहेको छ । यो प्रदेशमा जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका हेभिवेट उम्मेदवार रहेका छन् ।

बागमती प्रदेशको नालीबेली

कुल ३३ निर्वाचन क्षेत्र रहेको बागमती प्रदेशमा एकै जिल्लामा १० निर्वाचन क्षेत्रसम्म रहेको छ । काठमाडौंमा १० निर्वाचन क्षेत्र रहेका छन् भने क्षेत्रअनुसार सबैभन्दा बढी उम्मेदवार काठमाडौं १ मा रहेका छन् । बागमतीमा कुल ६३१ उम्मेदवार रहेका छन् भने पुरुषमात्रै ५५५ उम्मेदवार रहेका छन् । बागमती प्रदेशमा चर्चित उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

बागमती विश्लेषण

१९ निर्वाचन क्षेत्र रहेको गण्डकीमा कुल २०६ जना उम्मेदवार रहेका छन् । सो प्रदेशमा १८१ पुरुष र बाँकी महिला उम्मेदवार रहेका छन् । गण्डकी प्रदेशमा कांग्रेस नेता रामचन्द्र पौडेलसहितका उम्मेदवार रहेका छन् ।

गण्डकी विश्लेषण

लुम्बिनी प्रदेशमा कति उम्मेदवार ?

२५ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा ‘हेभीवेट’ उम्मेदवार रहेका छन् । कुल ३३६ उम्मेदवार रहेको लुम्बिनीमा ३०१ जना पुरुष र बाँकी महिला उम्मेदवार रहेका छन् । लुम्बिनीमा भीआईपी उम्मेदवार उल्लेख्य रहेका छन् ।

लुम्बिनीको विश्लेषण

​कर्णाली र सुदूरपश्चिममा कति उम्मेदवार

कर्णाली प्रदेशमा जम्मा ७४ उम्मेदवार रहेका छन् । जसमध्ये पुरुषको संख्या ६९ र महिलाको संख्या जम्मा ५ जना रहेको छ । कर्णालीमा जम्मा १२ सिट मात्रै प्रतिनिधिसभामा रहेको छ ।

कर्णाली विश्लेषण

सुदूरपश्चिम विश्लेषण


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप