नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जरको सहमति

नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंक लगायत दश वटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्धित नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
आपसी समझदारी अनुसार समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० कित्ता शेयर बराबर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८२ कित्ता कायम हुने र मर्जर पश्चात् संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति गरिएको छ ।
मर्जर पश्चात संस्थाको नाम नेशनल समिट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुनेछ । त्यसैगरी संस्थाको चुक्तापुँजी रु.१ अर्ब भन्दा बढी कायम हुने र ग्राहक सदस्य संख्या २ लाखभन्दा बढी हुने बताइएको छ । यता लगानीमा रहेको कर्जा रकम रु। १७ अर्बभन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरूमा विस्तार भई कुल शाखा सङ्ख्या २०४ पुग्ने विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार